समाचार

रेशम चौधरीको पार्टीले टीकापुरसहित कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिने

जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको सबै पालिकामा उम्मेदवारी दिने भएको छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

थारुवान संबाददाता

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा थारु नेताहरुले नेतृत्व गरेका चार दलले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै थारु केन्द्रीत दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो।

थारुवान संबाददाता

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ। बुधबार ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरीको बढुवा सिफारिस समितिको बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो।

थारुवान संबाददाता

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ। कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन्।

थारुवान संबाददाता

घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट दुईजनाको नाम सिफारिस गरिएको छ। एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको जनाएको छ।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)बाट नेकपा एमाले प्रवेश गरेकी केन्द्रीय सदस्य कल्पना थारु प्रदेश कमिटीमा मनोनीत भएका छन्। नेकपा एमाले मधेस प्रदेश कमिटीले उनलाई मनोनीत गरेको हो। थारु नेतृ चौधरीलाई नेता राजकुमार लेखीले एमालेमा प्रवेश गराएका थिए।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्र परित्याग गरेको ६ वर्षपछि कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः पार्टीमा फिर्ता भएका छन्। पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका थाप्दै उनी पुनः माओवादीमा भित्रिएका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी पेरिसडाँडामा एक कार्यक्रमकाबीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो। अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको...

थारुवान संबाददाता