जसपा छाडेर एमाले गएकी कल्पना थारु प्रदेश कमिटीमा मनोनीत

जनता समाजवादी पार्टी (जसपा)बाट नेकपा एमाले प्रवेश गरेकी केन्द्रीय सदस्य कल्पना थारु प्रदेश कमिटीमा मनोनीत भएका छन्। नेकपा एमाले मधेस प्रदेश कमिटीले उनलाई मनोनीत गरेको हो। थारु नेतृ चौधरीलाई नेता राजकुमार लेखीले एमालेमा प्रवेश गराएका थिए। गत २३ माघमा सप्तरीमा आयोजित कार्यक्रममा कल्पनासहित ३२ जना एमालेमा प्रवेश गरेका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी सदस्यबाट राजीनामा दिएर लेखी गत एमालेको विधान सम्मेलनमा एमाले प्रवेश गरेका थिए। त्यसयता उनले सप्तरीलगायत क्षेत्रमा पार्टी प्रवेश गराउन सक्रिय छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *