समाचार

थारु पत्रकार संघ नेपालमा नयाँ नेतृत्य चयन, अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत

थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन्। नवलपुरको अमलटाँरीमा सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो।

थारुवान संबाददाता

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ। प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो।

थारुवान संबाददाता

प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ। प्रेस काउन्सिल नेपालले दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो।

थारुवान संबाददाता

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए।

थारुवान संबाददाता

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ। क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन्।

थारुवान संबाददाता

नेकपा एमाले पर्साको ८औँ जिल्ला अधिवेशनबाट संविधानसभा सदस्य जयप्रकाश थारु सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन्। अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले लोक सेवा आयोगले खुलाएको खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। थाकसको तर्फबाट अधिवक्ता श्रवण कुमार चौधरी र थाकसका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले आइतबार रिट दायर गरेका हुन्।

थारुवान संबाददाता

जयनगर-कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।

थारुवान संबाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे।

थारुवान संबाददाता