नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ। क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन्। क्वात्राको नियुक्तिबारे सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा काम गरिसकेका थिए। २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरेका थिए।

२०१३ को जुलाइदेखि २०१५ अक्टोबरसम्म क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभाग साथै विदेश मन्त्रालयस्थित अमेरिका डिभिजनको प्रमुखको रूपमा पनि काम गरेका थिए। यस क्रममा संयुक्त राज्य अमेरिका र क्यानडासँग भारतको सम्बन्ध विस्तारको क्षेत्रमा उनको भूमिका थियो।

क्वात्रासँथ विभिन्न समयमा भारतमा र विदेशमा पनि भारतका धेरै मिसनका विभिन्न पदहरूमा रहेर काम गरेको अनुभव छ। उनीसँग ३० वर्षभन्दा लामो पेशागत अनुभव छ। उनलाई भारत सरकारले २०२० को जनवरीमा नेपालका लागि राजदूतको रुपमा नियुक्त गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *