थारु पत्रकार संघ नेपालमा नयाँ नेतृत्य चयन, अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत

थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन्। नवलपुरको अमलटाँरीमा सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो।

लेखी काठमाडौँमा रहेर कान्तिपुर टेलिभिजनमा पत्रकारिता गर्दै आएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), बागमतीतर्फको उपाध्यक्षमा किशोर चौधरी, उपत्यका उपाध्यक्षमा सहदेव चौधरी, प्रदेश १ उपाध्यक्षमा कुलदिप चौधरी, लुम्बिनी उपाध्यक्षमा शम्भु चौधरी, मधेस उपाध्यक्षमा प्रतिमा चौधरी चयन भएकी छन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिनेछ।

त्यस्तै महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लिलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी (चितवन), सुमित्रा चौधरी (चौधरी), दिनेश कुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी चयन भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *