देश

रूपान्तण अभियानमा जुट्यो माओवादी, केन्द्रीय २२ नेताहरू खट्दैछन् फिल्डमा

आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ गर्दै छन्...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ।

थारूवान

ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ। ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेको गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका...

थारूवान

चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो।

थारूवान

थारू विद्यार्थी समाजले एसईई र प्लस टू परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। एसईई मा ‘ए’ र प्लस टूमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई समाजले सम्मान गर्न लागेको हो।

थारूवान

कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन्। २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन्। विद्रोह सभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई...

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्।

थारूवान

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।

थारूवान