राप्रपालाई एमाले-माओवादी गठबन्धन भन्दा बाहिरै फाइदा

हिन्दु राष्ट्रको एजेण्डा बोकेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एमाले-माओवादी गठबन्धनले चर्को आलोचना गर्दै आएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलले राप्रपालाई प्रतिगामी शक्तिको भिल्ला भिडाएर आफूलाई प्रगतिशील दलको रूपमा व्यखाया गरेका छन्।

हिन्दू बाहुल्य रहेको नेपालमा हिन्दु धर्मलाई समर्थन गरेकै कारण प्रतिगामी शक्तिको भिल्ला भिडाउने एमाले-माओवादीसँग राप्रपाले पक्कै पनि स्पष्टीकरण खोज्नुपर्छ। कुनै पनि दलले आ-आफ्ना एजेण्डा प्रस्तुत गर्न सक्छन्। हिन्दु धर्मलाई एजेण्डा बोकेकै कारण कसैले प्रतिगामी शक्तिको व्याख्या गर्न नमिल्ने राप्रपाका नेताहरू बताउँछन्।

पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस ठूलो दल बन्यो। तर कांग्रेसका करिब ४० प्रतिशत नेता/कार्यकर्ताहरूले राप्रपाले समर्थन गरेको हिन्दु राष्ट्रको एजेण्डालाई समर्थन गरेका छन्। ललितपुरको गोदाबरीमा हालै सम्पन्न भएको कांग्रेसको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र कायम गर्ने विषयमा छुट्टै बहस सिर्जना भएको थियो। कांग्रेस नेता शंकर भण्डारीले हिन्दु राष्ट्र कायम गर्नुपर्ने एजेण्डासहित सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसमेत बुझाएको थियो। त्यसैले राप्रपा वैचारिकरूपमा कम्युनिस्टभन्दा कांग्रेससँग नजिक छ।

माओवादी सशस्त्र जनयुद्धमा माओवादी कार्यकर्ताहरूले थुप्रै हिन्दू मन्दिरहरूमा आक्रमण गरेका थिए। माओवादी आक्रमणबाट थुप्रै पुजारी र संसंकृति शिक्षकहरूको मृत्युसमेत भएको थियो। त्यसैले सधैं सनातन हिन्दु भावना विपरीत काम गरर्ने माओवादी पार्टी सम्मिलित गठबन्धनमा राप्रपा जानु उचित नरहेको सो पार्टीका नेताहरूले बताएका छन्।

हालै माओवादी नेता एवं संस्कृति तथा पर्यटन मन्त्री रहेका सुदन किरातीले पशुपति विकास कोषको प्रमुखमा गैरहिन्दु निकायलाई नियुक्त गरेका थिए। यसले पनि माओवादीको हिन्दु धर्मप्रतिको विचार सजिलै बुझ्न सकिन्छ। किरातीको उक्त निर्णयलाई राप्रपाका नेताहरूले विरोध गरेका छन्।

हिन्दु धर्मविरोध गतिविधिमा संलग्न एमाले-माओवादी नेताहरूलाई क्रिश्चियन निकायहरूबाट आर्थिक लाभ हुने गरेको बताइन्छ। उनीहरूले नेपालमा सनातन हिन्दु अवधारणालाई समाप्त पार्न त्यस्ता तत्वहरूको निर्देशनमा काम गरिरहेको बताइन्छ।

त्यसैले राप्रपाले हिन्दु राष्ट्रको मूल एजेण्डालाई थप बलियो बनाउँदै लैजानुपर्छ। यही एजेण्डालाई स्थापित गर्दै लैजाने हो भने राप्रपाले आगामी निर्वाचनमा सिट संख्या बढाउनेमा सन्देह छैन। हिन्दुविरोधी माओवादी-एमालेसँग मेलमिलाप गरेर सत्ता प्राप्तिका लागि सरकारमा जाने हो भने राप्रपा पनि हिन्दु भावनाको दुरुपयोग गर्ने शक्तिको रूपमा चिनिने पक्का छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *