संघीय निजामति सेवा ऐन केही दिनमै संसदमा पेश हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा ऐन केही दिनभित्रै संसदमा पेश हुने दावी गरेका छन्। बुधबार राष्ट्रियसभाअन्तरगतको राष्ट्रिय सरोकारवाला तथा समन्वय समिति बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले निजामति सेवा ऐन छिट्टै संसदमा पेश हुने बताएका हुन्।

‘सरकारको नेतृत्व गरेदेखि नै मेरो जोड संघीय निजामति सेवा ऐन ल्याउने र प्रदेशलाई बलियो बनाउने नै थियो। यसबारे लामो छलफल भयो पनि। सरकारको नेतृत्व गर्ने पार्टीलगायत गठबन्धन र प्रतिपक्षसँग छलफल गरेर एउटा साझा धारणा बनाएर यसलाई अन्तिमरुप दिइएको छ। केही दिनभित्र संसदमा पेश हुन्छ र टुंगिन्छ भन्ने विश्वास छ।’

प्रधानमन्त्री दाहालले निजामति कर्मचारीका समस्याबारे सरकार गम्भीर रहेको उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *