नेपाली क्रिकेटरले पाउने भए एक लाखसम्म तलब, को को परे?

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ।

एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार मासिक तलब तोकिएको हो।

पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।

त्यस्तै सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन्। त्यस्तै इमर्जिङ क्याटोगरीमा दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेस), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) रहेका छन्।

महिला क्रिकेटतर्फ १९ जना अनुबन्ध, ५० हजारसम्म तलब पाउने
क्यानले एमा पर्ने महिला खेलाडीको मासिक तलब मूल्य ५० हजार हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। बीका खेलाडीलाई ३५ हजार, सीका खेलाडीलाई ३० हजार, डीका खेलाडीलाई २५ हजार र इमर्जिङ क्याटोगरीलाई २० हजार मासिक तलब तोकिएको हो।

ए महिला टोलीका कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर छन् भने बीमा कविता कुँवर छिन्। त्यस्तै सीमा पुजा महतो र अश्मिना कर्माचार्य छन् भने डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन्।

इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *