राजनीति

हाम्रो संविधान विश्वकै उत्कृष्ट : गच्छदार

 मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा  पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए ।

थारूवान

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पार्ने प्रयास भनेका छन् ।

थारूवान

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पार्टीले औपचारिक धारणा बनाउन नसकिरहेका बेला कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि शक्तिले बचाउन नसक्ने बताएका छन्।

थारूवान

थरूहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद गंगा थारू चढेकाे गाडी दुर्घटनामा परेकाे छ। कैलालीमा बसेकाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठक बसी दाङ फर्किने क्रममा अाज साँझ इमलियामा दुर्घटना भएकाे महादेव थारूले जानकारी दिए। उनका अनुसार सांसद चाैधरीकाे टाउकाेमा चाेट लागेकाे छ। गंगा थारू सवार गाडीका ड्राइभर र एक सहयाेगी...

थारूवान

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन्।

थारूवान

सांसद जनकराज चौधरीले मुलुकको राजनीतिक अवस्था दिन प्रतिदिन तरल र अन्यौलग्रस्त बन्दै गइरहेको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको वातावरण संरक्षण समिति सभापति तथा कैलाली क्षेत्र नं. १ का सांसद चौधरीले मुलुकको यो अवस्थामा मुलुकलाई सही दिशाबोध गराउन शिक्षाको गुणस्तरीयतामा जोड दिन आवश्यक भएको बताएका छन् ।

थारूवान

थरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। जसअनुसार रामप्रसाद चौधरी, सीता चौधरी, बिलारी थारु, जगननाथ थारु, सीताराम चौधरी, देशराम चौधरी, घनश्याम कुस्मी, नथ थारु, महादेव थारु र धन देवी थारु छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। 

थारूवान

मधेसी मोर्चाका एक नेताले आग्रह र पूर्वाग्रह राखेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘ईर्श्याको खातिर यो प्रस्ताव आएको हो, हामीले यसलाई खासै गम्भिर रुपमा लिएका छैनौं ।’

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ। 

थारूवान