राजनीति

मुखर्जी र मधेसी नेताहरुबीच संवविधान संसोधनबारे छलफल, गच्छदारसँग छुट्टै भेट

नेपालमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षहरुबीच सामुहिक भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरु होटल हायात पुगेका थिए । त्यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले छुट्टा छुट्टै भेट गरेका थिए ।

थारूवान

भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताएका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोज समारोहमा भने, ‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ।’ नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र...

थारूवान

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताए।

थारूवान

सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावका बारेमा आफूहरु स्पष्ट नभएको जनाएको छ । गठबन्धनको आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउँदा आफूहरुसँग कुनै सल्लाह नगरिएको र महाभयोग के हो त्यो स्पष्ट नभएकाले यी विषयका सन्दर्भमा स्पष्टता आएपछि...

थारूवान

खुशी प्रसाद थारु प्रस्तावना थारु समुदायको हक, हितको संरक्षण र सम्वर्द्धन तथा थारु समुदायको सशक्तीकरण गर्नको लागि थारु आयोगको सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, थप गर्नुपर्ने सामाजिक न्याय, समावेशीकरण

थारूवान

पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देवले यसले संविधान संशोधनलाई ओझेलमा नपारोस् भनेका छन् । महाअभियोग प्रस्ताव संविधान संशोधनको विषयलाई ओझेलमा पर्ने गरी आएको...

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए ।

थारूवान

टीकापुर घटनामा पक्राउ परेका परिवारहरुले ‘कारागार पीडित परिवार संघ’ गठन गरेको छ। संघमा सो घटनामा पक्राउ परेका २५ परिवारका सदस्य छन्। लक्ष्मण थारुका भाइ धनकुमार थारुको नेतृत्वमा सो संघ गठन भएको हो। उनीहरुले आइतबार धनगढीमा पत्रकार सम्मलेन गरेर आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन्। 

थारूवान

सात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी दिएका विश्वकर्माले एमालेका अध्यक्ष केपी ओली खेमाबाट उम्मेदवारी दिएका रबिन्द दास श्रेष्ठ भन्दा ७८ मत बढी ल्याएर बिजयी भएको एमाले बाराले जनाएको छ।

थारूवान