महाभियोग प्रस्तावले संविधान संसोधन ओझेलमा त पारेन? [भिडियाे]

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देवले यसले संविधान संशोधनलाई ओझेलमा नपारोस् भनेका छन् । महाअभियोग प्रस्ताव संविधान संशोधनको विषयलाई ओझेलमा पर्ने गरी आएको त होइन भनेर आशंकाहरु समेत आएको भन्दै उनले छठभित्र संविधान संशोधन प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले महाअभियोग प्रस्ताव आउनु खुसीको विषय भएको बताए । उनले भने, आज सदनले आफ्नो सार्वभौम अधिकार उपयोग गर्दैछ । यसले संसदीय लोकतन्त्र मजबुत हुँदैछ ।’

महाअभियोग प्रस्ताव संवैधानिक र सकारात्मक रहेको भन्दै उनले भने, ‘हामी खुसी छौं । राम्रो लागेको छ ।’ यद्यपि महाअभियोगको विषयमा फोरम लोकतान्त्रिकको संसदीय दलले उचित समयमा निर्णय गर्ने उनले बताए ।

सिफारिस समितिले छानविन गरेर रिपोर्ट दिएपछि निर्णय लिने बताउँदै उनले भने, ‘ठीक समयमा ठीक निर्णय लिन्छौं र, देशलाई भ्रष्टाचारमुक्त बनाउने गरी नै निर्णय लिन्छौं ।’

भिडियाे हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *