संविधान संसोधन प्रस्तावबिनै छठसम्मका लागि संसद् स्थगित

पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा मंगलबार टेबल भएर छलफल सुरु भएको थियो। प्रस्तावक तथा सांसदहरुले संसदमा आ-आफ्नो विचार राख्ने क्रम सुरु भएकै दिन संसद कार्तिक २५ गते २ बजेसम्मका लागि स्थगित गरिएको हो।

झन्डै दुई घन्टा चलेको संसद बैठकमा महाअभियोग प्रस्तावमा बोल्ने सांसदहरुको सूचि नसकिएकाले महाअभियोग प्रस्ताव सिफारिश समितिमा पठाइएको छैन।

तिहार विदा सुरु हुन अझै ४ दिन बाँकी रहेको अवस्थामा सभामुखले १६ दिनसम्मका लागि संसद बैठक स्थगित गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *