मुखर्जी र मधेसी नेताहरुबीच संवविधान संसोधनबारे छलफल, गच्छदारसँग छुट्टै भेट

नेपालमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षहरुबीच सामुहिक भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरु होटल हायात पुगेका थिए । त्यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले छुट्टा छुट्टै भेट गरेका थिए ।

राति ८ बजेपछि भएको भेटमा मधेसी मोर्चाको माग र संविधान संशोधनबारे छलफल भएको छ । भेटमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, शिष्टिचार भेट हो । के छ हालखबर भन्ने भयो ।’

उनले अघि भने, हामीले हालखबर त ठीकै छ । संविधान कार्यान्वयन होस् भन्ने हामीले चाहेका छौं । तर, कठीन छ । सरकारले संविधान संशोधन गर्छु त भनेको छ । तर, पटक पटक भाका सारेको छ ।’

लगतै भारतीय राष्ट्रपति मुखर्जीले सरकारले त संविधान संशोधन विधेयक ल्याउाछु भनेको छ त भनेर सोधेका थिए । महतोले भने, संविधान संशोधन गर्दैछौं भनेर सरकारले भनेको रहेछ । हामीसँग पनि भनेको छ । विषयबस्तुमा छलफल भएपनि के प्रस्ताव आउँदैछ भनेर हामीलाई थाहा छैन ।’

भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, महतो, तमसपाका महेन्द्र राय, रामसपाका शरदसिंह भण्डारी, फोरम गणतान्त्रिकका राजकिशोर यादव र नेपाल सद्भावना पार्टीका अनिल झा सहभागी थिए ।

गच्छदारसँग छुट्टै भेट

मधेसी मोर्चामा नरहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टै भेटवार्ता गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *