राजनीति

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ ।भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

थारूवान

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

थारूवान

अधिवक्ता शान्ति कुमारी मोदीले दायर गरको रिटलाई सर्वोच्च अदालतले अग्राअधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ। असोज १२ गते समानुपातिक समावेशिताअन्तर्गत जनसंख्याको आधारमा राज्यका हरेक निकायमा पदपूर्ति गर्न परमादेशसहित अधिवक्ता मोदीले रिट दायर गरेकी थिइन्।

थारूवान

थरुहट पार्टीकी सांसद गंगा चौधरीले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएके बताएकी छन्। उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने उनले बताइन् ।

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको छ। थारु जातिको प्रेरणाको स्रोत भएको बताउँदै जोतपुरबासीले उनको भब्य स्वागत गरेका हुन्। ४१ वटा थारु सांसदमध्ये ब्यस्थापिका सांसदमा अग्रनी भूमिका निर्वाह गर्दै आएका दहित थारु जातिको आशा र भरोसा रहेको भूतपूर्व बरघर...

थारूवान

नागरिक समाजवादी पार्टी (नासपा)को दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न भेलाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

थारूवान

निर्वाचनसम्बन्धी कानुनमा ‘थ्रेसहोल्ड’ राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ”थ्रेसहोल्ड” राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा पुगेका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो ।

थारूवान

अधिवक्ता शान्ति कुमारी मोदीले थारुका विभिन्न मुद्दामा परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले असोज १२ गते रिट दायर गर्दै समानुपातिक समावेशिताको हकअन्तर्गत जनसंख्याको आधारमा राज्यका निकायमा पदपूर्ति गर्नुपर्ने, थारु आयो आयोग अविलम्ब गठन गर्नुपर्नेलगायतका मागमा परमादेश माग गरेकी छन् ।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

थारूवान