डा. गोपाल दहितलाई जोतपुरबासीको भब्य स्वागत

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको छ। थारु जातिको प्रेरणाको स्रोत भएको बताउँदै जोतपुरबासीले उनको भब्य स्वागत गरेका हुन्। ४१ वटा थारु सांसदमध्ये ब्यस्थापिका सांसदमा अग्रनी भूमिका निर्वाह गर्दै आएका दहित थारु जातिको आशा र भरोसा रहेको भूतपूर्व बरघर ठाकुर थारुले बताए।
gopal-dahit-01जोतपुरबासीले सख्या नाचसहित दहितलाई भब्य स्वागत गरे। गाउँलेलाई सम्बोधन गर्दै डा. दहितले एक हातले ताली नबज्ने भन्दै जनता र नेताको सम्बन्ध आत्मीय हुनुपर्ने बताए। उनले थारु जातिको अधिकार, पहिचान र आत्म सम्मानका लागि निरन्तर रुपमा लडिरहने प्रतिबद्धता जनाए।

gopal-dahit-03बुद्ध र थारुको सम्बन्ध विषयमा विद्याबारधी गरेका दहित पश्चिमी थारु समुदायमा पहिलो विद्याबारिधी गरेका थारु हुन्। संविधान सभामा प्रखर र तार्किक रुपमा उपस्थिति हुने डा. दहित दर्जनौं थारु पुस्तकहरु पनि लेखेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *