संसदमा गंगा थारूकाे प्रश्न- ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’

थरुहट पार्टीकी सांसद गंगा चौधरीले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएके बताएकी छन्। उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने उनले बताइन् ।

चौधरीले प्रश्न गर्दै भनिन्, ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ? हाम्रो देशको कानुन कति लाचार छ ? लोकमानलाई संरक्षण गर्ने राजनीतिक दल नै हुन् । लोकमानको बचाउ गर्नेलाई देश निकाला गर्नुपर्छ र लोकमानलाई कानुनको कठघरामा ल्याउनुपर्छ ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने, ‘अदालतको आदेशको खुलामखुला अवज्ञा भएको छ, कानुनी राज्यको उपहार भएको छ ।’ दुःखका बेला संसदमा भएका धेरै शक्तिशाली नेतालाई अदालतले न्याय दिएको स्मरण गराउँदै वरिष्ठ अभिवक्ता समेत रहेका अधिकारीले भने, आज अदालत जुन चौवाटोमा उभिएर सही बाटोमा हिड्न प्रयत्नरत छ, त्ब्यलिाई टेवा दिने कि नदिने ?’

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *