टीकापुर पुगेर गच्छदारले भने- ‘निर्दोष थारूलाई फसाइयो’

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष गच्छदारले भने, ‘टीकापुर घटनाका नाममा राज्यले कयौँ निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौँ थारू विस्थापित भएका र कयौँको सम्पत्तिमा क्षति पुगेको छ ।’

सीमाङ्कनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उनले आठ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गरे । पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली कञ्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिए ।

उनले ठूला दलले आफूसँग कुनै सरसल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *