थरुहट तराई पार्टीमा नयाँ केन्द्रीय सदस्य मनोनीत [नामावलीसहित]

थरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। जसअनुसार रामप्रसाद चौधरी, सीता चौधरी, बिलारी थारु, जगननाथ थारु, सीताराम चौधरी, देशराम चौधरी, घनश्याम कुस्मी, नथ थारु, महादेव थारु र धन देवी थारु छन्।

बैठकले बर्दियाका मदन कुमार थारुलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको छ।

बैठकले आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा तत्काल फिर्ता तथा आममाफी दिन सरकारसँग आग्रह गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकार गठनका बेला भएको तीन बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न पनि बैठकले माग गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *