मधेसी मोर्चा लोकमानको पक्षमा !

मधेसी मोर्चाका एक नेताले आग्रह र पूर्वाग्रह राखेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘ईर्श्याको खातिर यो प्रस्ताव आएको हो, हामीले यसलाई खासै गम्भिर रुपमा लिएका छैनौं ।’

यद्यपि महाअभियोग प्रस्तावले अन्तिम रुप लिने बेला मोर्चाले विवेकपूर्ण निर्णय लिने उनले बताए । तीन दलका शीर्ष नेताहरुले बन्द कोठाभित्र बसेर पूर्वाग्रह राखेर लोकमानविरुद्ध प्रस्ताव ल्याएको उनले टिप्पणी गरे ।

लोकमानविरुद्धको महाअभियोग मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्नका लागि ल्याइएको समेत आरोप लगाए । महाअभियोग प्रस्ताव समिति गठन गर्दा समेत प्रमुख तीन दलले दादागिरी देखाएको उनको आरोप थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *