सांसद चौधरी भन्छन्- मुलुकको अवस्था अन्यौलग्रस्त भयो

सांसद जनकराज चौधरीले मुलुकको राजनीतिक अवस्था दिन प्रतिदिन तरल र अन्यौलग्रस्त बन्दै गइरहेको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको वातावरण संरक्षण समिति सभापति तथा कैलाली क्षेत्र नं. १ का सांसद चौधरीले मुलुकको यो अवस्थामा मुलुकलाई सही दिशाबोध गराउन शिक्षाको गुणस्तरीयतामा जोड दिन आवश्यक भएको बताएका छन् ।

सांसद चौधरीले सो कुरा शुक्रवार खैरीफाँटा स्रोतकेन्द्र स्तरीय अतिरिक्त क्रियाकलाप–२०७३ को धर्मापुरमा उद्घाटन गर्दै  सो कुरा बताएका हुन् ।

सांसद चौधरीले विद्यालयलाई राजनीतिक गतिविधि मुक्तक्षेत्र बनाउँदै शैक्षिक स्तर सुधार र स्तरीय बनाउनका निम्ति कलिला वालमस्तिष्कमा अनुशासन र व्यक्तित्व विकासका लागि प्रतिस्पर्धात्मक र प्रतियोगितात्मक क्रियाकलापका माध्यमद्वारा सकारात्मक चिन्तन र धारणाको विकास आवश्यक छ भनेका छन् ।

अनुशासन विना समाज परिवर्तन र विकास नहुने हुँदा सामाजिक रूपान्तरण का लागि अनुशासन आवश्यक भएकोले अनुशासनको निर्माण खेल खेलाडीबाट हुने धारणा उनको थियो ।

सोही अवसरमा अरूणोदय मावि खैरीफाँटाका रूपानन्द रेग्मी र महेन्द्रशिशु मावि धर्मापुरका सेवानिवृत्त शिक्षकद्वयलाई प्रमुख अतिथि सांसदचौधरीले दोसल्ला ओढाउँदै प्रमाणपत्रसहित सम्मान गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *