थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। 

बैठकले विभिन्न उपसमिति बनाएर महाधिवेशन तयारी गर्ने निर्णय भएको पार्टी केन्द्रीय सचिव मिनराज चौधरीले जानकारी दिए। उनका अनुसार आर्थिक व्यवस्थापन समितिमा खड्गबहादुर चौधरी, प्रचारप्रसार समितिमा मीनराज चौधरी, जनपरिचालन समितिमा रामप्रसाद चौधरी, मञ्च व्यवस्थापनमा सन्तोष कठरिया, आवास तथा भोजन समितिमा मणिराम चौधरी, स्वयंसेवकमा राधेश्याम चौधरी छन्।

त्यस्तै विधान तथा घोषणा समितिमा डा. गोपाल दहित,  पर्यवेक्षक समितिमा नन्दकुमार चौधरी, कोड अफ कन्डक्ट समितिमा गंगा थारु, राजनीतिक प्रतिवेदनमा भानुराम थारु, स‌गाठनिक तथा कार्यप्रतिवेदन लेखनमा शम्भु चौधरी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *