कांग्रेस भाग्ने ठाउँ छैन, लोकमानलाई अब कुनै शक्तिले बचाउन सक्दैन : सांसद चौधरी

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पार्टीले औपचारिक धारणा बनाउन नसकिरहेका बेला कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि शक्तिले बचाउन नसक्ने बताएका छन्।

उनले महाभियोग प्रस्ताव दर्तापछिको अवसरलाई एक जुगमा एक दिन आउने समयको संज्ञा दिँदै कांग्रेसले कुनै हालतमा निर्णय गर्न ढिला गर्न नहुने बताए। शनिबार गोविन्द केसीको समर्थकले आयोजना गरेको विरोध र्‍यालीमा चौधरी डा. गोविन्द केसीसँगै र्‍यालीमा सहभागी भएका थिए। उनले केसीसँगै कार्कीविरुद्ध नारा पनि लगाए।

संसारका ठूलाठूला क्रान्तिमार्फत जनताले तानाशाह ढालेको भन्दै चौधरीले नेपाली जनताको इच्छाविपरीत जाने हिम्मत राजनीतिज्ञमा नभएको बताए । ‘नेपाली कांग्रेस भाग्ने ठाउँ छैन,’ उनले भने, ‘संसारका कुनै पनि शक्तिले लोकमानलाई बचाउन सक्दैन।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *