देश

लेखी नेतृत्वको नासपाद्वारा केन्द्रीय समिति विस्तार (नामावलीसहित)

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले तेस्रो चरणमा १८ सदस्यीय सदस्य विस्तार गरेको हो । राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले तेस्रो चरणको केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशन आज हुँदैछ। पाटन क्याम्पसको सभाहलमा हुने अधिवेशनका लागि यसअघि नै दुई जनाले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन्। जसअनुसार हालका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।

थारूवान

जिल्ला अदालत धनुषाले नेकपा (एमाले) बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो आदेश दिएको हो । यादवसँगै दुर्गा साहलाई समेत पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

थारूवान

नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको भोलि शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। कांग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक-एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा भोलि निर्वाचन हुँदैछ।

थारूवान

सत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसकेन्द्रित आन्दोलनलाई ‘प्रायोजित’ र मुलुकको राजनीतिको वास्तविक नभई ‘नक्कली समस्या’ भएको टिप्पणी गरेका छन्।

थारूवान

जापन सरकारको निम्तोमा कानुनमन्त्री अग्नी खरेल सहित ८ जना सांसद चैत २७ गते जापन प्रस्थान गर्ने भएका छन्। देवयानी संहिताका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्ने उदेश्यसहित सांसदहरुको टोली एक हप्ताका लागि जापान प्रस्थान गर्न लागेको हो। उक्त भ्रमणको ब्यवस्थापन भने जाइकाले गर्दैछ।

थारूवान

नागरिक समाजवादी पार्टीले मोरङमा जिल्ला कार्यसमिति गठन गरेको छ। पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखी, पार्टी प्रवक्ता राज थारुलगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा मोरङको लखन्तरीमा बसेको भेलाले पतरी देवी भगतको संयोजकत्वमा ३४ सदस्यीय समिति गठन गरेको हो। 

थारूवान

‘जनताको म्यान्डेट’ बिर्सिएको भन्दै पटक–पटक विभाजित एकीकृत नेकपा माओवादी फेरि टुक्रिएको छ। पार्टी विभाजन गरेका मोहन वैद्यसँग एकता गर्ने बहस माओवादी कित्तामा तातिरहेका बेला शनिबारदेखि एमाओवादी पाँचौं टुक्रामा विभाजित बनेको छ।

थारूवान

पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताएका छन्। थारु पत्रकार सङ्घ नेपालको पाँचाैँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताए। उनले भने, ‘विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै...

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । वार्ता र सम्वादबाट माग सम्बोधन होस् भनेर आफूहरुले आन्दोलन स्थगित गरेको तर, सरकारले सुनुवाइ नगरेको उनले बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘सरकारले हामीलाई वेवस्ता गरेको छ । अब आफना माग पुरा...

थारूवान