Nagarik Samajwadi Party Morangनागरिक समाजवादी पार्टीले मोरङमा जिल्ला कार्यसमिति गठन गरेको छ। पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखी, पार्टी प्रवक्ता राज थारुलगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा मोरङको लखन्तरीमा बसेको भेलाले पतरी देवी भगतको संयोजकत्वमा ३४ सदस्यीय समिति गठन गरेको हो। 

कार्यक्रममा मोरङको विभिन्न गाविसबाट समाजसेवी, बुद्धिजीबी, युवा तथा महिलाहरुको उपस्थिति  थियो। कार्यक्रममा संयोजक लेखीले आफ्नो पार्टी थारु, मधेशी, दलित, मुस्लिम, उत्पीडन तथा पछि परेका आदिवासी जनजातिका हकहितका लागि लड्ने र विभेद र अन्यायमा पारिएका विरुद्ध रहेको बताए।

त्यस्तै पार्टीको झापा जिल्लामा पनि कार्यसमिति गठन गरेको छ। पार्टीले रामानन्द चौधरीको संयोकत्वमा जिल्ला कार्यसमिति बनाएको पार्टी प्रवक्ता राज थारुले जानकारी दिए।

फागुन २७ गते काठमाडौंबाट पार्टीको घोषणा गरेका लेखीले जिल्ला कार्यसमिति बिस्तारमा लागिपरेका छन्। उनले नागरिक विधार्थी फ्रन्टको पनि विस्तार गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *