yog-Narayan-yadavजिल्ला अदालत धनुषाले नेकपा (एमाले) बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो आदेश दिएको हो । यादवसँगै दुर्गा साहलाई समेत पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

एक वर्षअघि पूर्वी धनुषाको सबैला गाउँस्थित मदनआश्रित निमावि व्यवस्थापन समिति चयनका लागि भएको विवादमा दुई जनाको ज्यान गएको र केही घाइते भएको घटनाका मुख्य योजनाकार मानिएका यादवमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सो फैसला भएको हो । गत सोमबारदेखि सुरु भएको थुनछेक वहसपछि आज सो आदेश आएको हो ।

यादवमाथि जिल्ला अदालतमा रहेका तीनवटा छुट्टाछुट्टै मुद्दामध्ये हातहतियार तथा खरखजना मुद्दाको वहस भने जारी रहेको छ । सो घटनामा सबैलाका रामप्रकाश यादवको गोली प्रहारबाट मृत्यु भएको र रामसेवक गोडरी कुटपिटबाट घाइते भएका थिए । फैसलापछि दुवै जनालाई सिरहा जिल्ला कारागारमा पठाइएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *