Mahanta-Thakur

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले अब आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । वार्ता र सम्वादबाट माग सम्बोधन होस् भनेर आफूहरुले आन्दोलन स्थगित गरेको तर, सरकारले सुनुवाइ नगरेको उनले बताए । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले भने, ‘सरकारले हामीलाई वेवस्ता गरेको छ । अब आफना माग पुरा गराउन आन्दोलन वाहेकको अर्का विकल्प छैन् ।’

आन्दोलन स्थगित भएको करिब दुई महिना पुरा हुन लाग्दा पनि आफ्नो मागलाई सरकारले गम्भिर रुपमा नलिएको उनले बताए ।

११बुँदे माग पुरा गर्न सरकारलाई चैतसम्मको अल्टिमेटम दिएको भन्दै उनले भने, ‘दि सरकारले मागको वेवास्ता गर्दै अगाडी वढछ भने वैशाखवाट पुनः आन्दोलनमा जान्छौं । आन्दोलन शान्तिपूर्ण हुनेछ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *