देश

आन्दोलनमा सुरक्षा निकायको बल प्रयोग जायज थियो : गृहमन्त्री

गृह मन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटना समयसापेक्ष भएको बताएका छन्। उनले सुरक्षाकर्मीबाट बल प्रयोग नगरेको भए देशको माहौल अहिलेजस्तो सहज नहुने बताए। 

थारूवान

नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली कांग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

थारूवान

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाल अहिलेसम्म जातीय राज्य भएको आरोप लगाएका छन्। सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व हुनुले अहिलेको राज्य नै एकल जातीय राज्य भएको बताए।

थारूवान

सरकारले २१ देशका लागि राजदूत सिफारिस गरेको एक दिन नबित्तै उनीहरुको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता रक्षाराम हरिचनले बुधबार राजदूत सिफारिस संविधानको व्यवस्था विपरीत भएकाले उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गर्दै निवेदन लगेका हुन्। उनको रिट बुधबार हेर्दाहेर्दै भएकाले दर्ता वा दरपीठ दुवै गरिएको...

थारूवान

सरकारलाई दवाव दिन आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको संघीय गठबन्धनले जनतालाई सास्ती नदिने कार्यक्रम गर्ने भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले आन्दोलका कार्यक्रमलाई अन्तिम रुप दिएपनि सार्वजनिक भने गरेको छैन।

थारूवान

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डमाथि मधेसलाई धोका दिएको आरोप लगाएका छन् । नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा एमाओवादीका पूर्व नेता समेत रहेका भट्टराईले भने, ‘प्रचण्डजीले मधेससँग मेरो लभ परेको छ त भन्नु भो । तर, विवाह भने ओलीजी सँग नै गर्नु...

थारूवान

नेपालको नयाँ संविधानको धारा २८२ लाई उल्लंघन गर्दै मन्त्रिपरिषद्ले २१ राष्ट्रका लागि राजदूत सिफारिस गरेको छ।संविधानमा समावेशी सिद्धान्तको आधारमा राजदूत नियुक्ती गर्नु पर्ने व्यवस्था छ। तर संविधान कार्यान्वयनका लागि हुनुपर्ने सरकार स्वयम् संविधान मिच्न थालेका छन्।

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेका हुन्। गठबन्धनमा मोर्चामा आबद्धसहित २६ साना दल छन्।

थारूवान

मधेसवादी पार्टी तथा जनजाति पार्टीहरुको संघीय गठबन्धनले फाष्ट ट्रयाकको नाममा जारी भएको ‘नेपालको संविधान’ ले मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने कार्य गरेको भन्दै संविधानबारे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ । विभिन्न आन्दोलनरत पक्षसँग गरेका सम्झौताबिरुद्ध संविधान जारी गरिएको भन्दै गठबन्धले संविधानबारे २६ बुँदै माग तथा सुझावहरु प्रस्तुत गरेको हो ।

थारूवान

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नयाँ संविधान नमानेको हो भने संसद छाडेर आउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् । मधेस जागरण अभियान अन्तरगत आइतबार धनुषामा आयोजित कार्यक्तममा भट्टराईले मधेसवादी दलहरुले संविधान पनि मान्य छैन भन्ने र त्यही संविधान अन्तरगतको संसदमा बसेर भत्ता पनि खाने गरेको बताए । यदि...

थारूवान