देश

सरकारले सङ्घीयता कार्यान्वयन प्राथमिकतामा राख्ने

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-०४ को नीति तथा कार्यक्रममा सङ्घीयताको कार्यान्वयन तथा प्रशासनिक पुनसंरचनाका लागि राजनीतिक तहमा उच्चस्तरीय निर्देशक समिति र प्रशासनिक तहमा समन्वय समिति गठन गर्ने उल्लेख छ ।

थारूवान

  सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ। वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित वार्तामा आउन मोर्चालाई आग्रह गरिएको छ।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन स्वरुप हालै घोषणा गरिएको विभिन्न कार्यक्रमहरुप्रति कडा असहमति जनाइएको छ । थरुहट आन्दोलनको दाँया हातको रुपमा रहेको थारू यूवा दस्ताले आफुलाई वेवास्ता गरिनुको साथै जिल्ला स्तरमा विना छलफल आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको भन्दै विरोध जनाएको हो ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले अब तीन महिनाभित्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन्।

थारूवान

व्यवस्थापिका संसदको शुक्राबारको बैठक मधेसी मोर्चा आबद्ध दललले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्।

थारूवान

बालुवाटारमा वार्तारत सत्तारुढ दलहरु एमाले र एमाओवादीबीच ११ बुँदे समझदारीको तयारी भएको छ । दुवै पक्षबीच वार्ता जारी छ । स्रोतका अनुसार ११ बुँदे समझदारीभित्र सरकार सञ्चालन सम्वन्धी विविध विषयका साथै सत्य निरुपण आयोगबाट एमाओवादीको चिन्तालाई सम्वोधन गरिएको छ । 

थारूवान

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बने फोरम लोकतान्त्रिकले सशर्त समर्थन गर्ने जनाएको छ। बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरी मुलुकको राजनीतिक समस्या समाधान गर्ने शर्तमा सहमतिको सरकार बनाउन सहयोग गर्ने बताएका हुन्।

थारूवान

एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी आज दर्ता हुने भएको छ।विराटनगरमा जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए। निर्विरोध नभएको अवस्थामा आजै मतदान हुने...

थारूवान

शैलेन्द्र कुमार चौधरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको ऐतिहासिक प्रथम महाधिवेशन बिराटनगरमा जारी छ। लाखौं जनसमुदाय, देशी विदेशी पाहुनाको सहभागितामा भइरहेको महाधिवेशनमा सम्पूर्ण जनसमुदायको चासो र उत्सुकता बढेको छ। पार्टीको महाधिवेशनले भूकम्प पीडितको राहत, पूनर्वास, जनजीविकालगायत, आर्थिक-राजनीतिक अवधारणा कस्तो लिने आमचासोको विषय बनेको छ। यसै सन्दर्भमा फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनमा...

थारूवान