Bijay-Kumar-Gachchhadar

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बने फोरम लोकतान्त्रिकले सशर्त समर्थन गर्ने जनाएको छ। बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरी मुलुकको राजनीतिक समस्या समाधान गर्ने शर्तमा सहमतिको सरकार बनाउन सहयोग गर्ने बताएका हुन्।

लोकतान्त्रिकको विराटनगरमा सम्पन्न अधिवेशनबाट सर्वसम्ब तरुपमा पुनः अध्यक्ष बनेका गच्छदारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोनबाटै सहमतिको सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए। ‘बहुमतीय सरकारले मुलुकको समस्या समाधान नगर्ने भएकाले सहमतीय सरकार निर्माणमा भूमिकासमेत खेल्न म तयार छु,’ गच्छदारले भने। उनले तत्काल सरकार परिवर्तनको सम्भावना टरे पनि छिट्टै सहमतिका आधारमा नया” सरकार बन्ने दाबीसमेत गरे। ‘देशको समस्या समाधान गर्न सहमतीय सरकारको विकल्प छैन,’ उनले भने।

३ दिनसम्म विराटनगरमा चलेको लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाअधिवेशनले अध्यक्षसहित ४२ जना केन्द्रीय सदस्य पनि छनोट गरेको छ। बाँकी ५५ जना केन्द्रीय सदस्य र पदाधिकारीहरू केन्द्रीय समितिले मनोनयन गर्ने गच्छदारले जानकारी दिए। अधिवेशनले ११ बुँदे विराटनगर घोषणापत्र जारी गरेको उनले बताए। लोकतान्त्रिकले दोस्रो अधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि सार्वजनिक गरेको छ। अधिवेशनमा २२ सय ९ महाअधिवेशन प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *