देश

अान्दाेलनकारीले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो ।

थारूवान

प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्।

थारूवान

संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,’ गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, ‘७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले...

थारूवान

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। 

थारूवान

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता र सहमतिका लागि सरकारले पठाएको पत्रको जवाफ फर्काएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको पत्रमा लेखिएको छ ‘सरकारसँग पटक–पटक गरेर ३६ वटा वार्ता भए पनि सरकारको तर्फबाट हाम्रा मुद्दा सम्बोधनतिर कहिल्यै गम्भीरता देखिएन।’

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।

थारूवान

भारतीय दूतावासका उच्च अधिकारीले सप्तरी जिल्लाका मधेसवादी दलका नेतासँग भेटघाट गर्दै घोषित आन्दोलन चर्काउन आग्रह गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसनले विनयकुमारले एक निजी स्टाफ नर्स पढाउने इन्स्टिच्युटमा मधेसवादी दलका नेतासँग गए राति भेटघाट गर्दै त्यस्तो अाग्रह गरेका हुन्।

थारूवान

नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनले ‘जहाँ मगर पहिचान त्यहाँ मगर स्वायत्त शासन’ भन्ने नारालाई साकार पार्न प्रत्येक मगर बाहुल्य क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

थारूवान

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए।

थारूवान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति जनाएछन्। व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको काठमाडौं-निजगढ ट्र्याक सडक आफैँले निर्माण गर्दा अन्तरार्ष्ट्रिय जगतमा गलत...

थारूवान