देश

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा कैलालीबाट १८७ उजुरी

कैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ २५ जनाले र बेपत्ता छानबिन आयोगतर्फ आठ जना पीडितले उजुरी दिएको बताए । ती उजुरीसमेत हालसम्म आयोगमा १८७ उजुरी परेको छ ।

थारूवान

चैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन ठाकुर, उपाध्यक्षमा मधुमाया यादव र डा. रीना यादव तथा महासचिवमा सिताशरण ठाकुर निर्वाचित भएका थिए। महासंघ पहिले मधेसी जनअधिकार फोरम नेपाल निकट रहेकोमा पछि सद्भावना पार्टी...

थारूवान

नेपाली कांग्रेसले संसदमा पेस भएको संसद नियमावली संशोधनमा समर्थन जनाउन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आग्रह गरेको छ। कांग्रेस प्रस्तावमा मोर्चाले भने जारी आन्दोलनमा समर्थन जनाए मात्र नियमावली संशोधन पारित गर्न सघाउने सर्त तेर्स्याएको छ।

थारूवान

सरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुन: आफ्नो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ...

थारूवान

नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ।पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएको...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र आइपुगेकी हुन्। दिउँसो करिब १ बजे हेलिकोप्टरबाट उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र आइपुगेकी हुन्।

थारूवान

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। तालिका हेर्नुस्: 

थारूवान

सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुहवी–इनरुवा सडकखण्डअन्तर्गत औरावनी–९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ती युवकको ज्यान गएको हो ।

थारूवान

दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन् । दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य...

थारूवान