राष्ट्रपति अचानक तिलौराकोट दरबारमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र आइपुगेकी हुन्। दिउँसो करिब १ बजे हेलिकोप्टरबाट उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र आइपुगेकी हुन्।

सुरक्षा निकायलाई छोटो समयको जानकारी दिएर राष्ट्रपति तिलौराकोट दरबार अवलकोन गर्न आएकी हुन्। ‘बुद्ध जयन्तीको भोलिपल्ट ९ गते यहाँ आउने भन्ने निर्धारित कार्यक्रम थियो’, सुरक्षा स्रोतले भन्यो, ‘आज बिहान फेरि तालिक परिवर्तन भयो।’

बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले तिलौराकोट दरबारमा युवराजको रुपमा २८ वर्ष बिताएका थिए। तिलौराकोट दरबारक्षेत्रमा अहिले पनि उनले दरबार त्यागेर हिँड्दाको पश्चिम गेट सहितका संरचनाको भग्नावेशष देख्न सकिन्छ। राष्ट्रपतिले दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *