देश

दाङमा दहितहरूक भेला, ढुन्डीराज अध्यक्ष

सन्ताेष दहित/दाङ दाङमा बस्दै आएका थारु समुदायका दहितहरुको भेला सम्पन्न भएको छ । थारु समुदायका दहित थरहरुको परम्परागत कला, सँस्कृति, रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भएको भेलाले ढुन्डीराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय दहित समाज गठन गरिएको छ ।

थारूवान

भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

थारूवान

बारा जिल्ला काेल्भी नगरपालिका–१० अगहनवा बस्ने जनक चौधरी र जसु चौधरीबीच भएको कुटाकुटमा गम्भीर घाइते भएका जनकको आज बिहान घरमै मृत्यु भएकोे छ ।

थारूवान

नेपालको संविधानमा मधेशको व्यवस्था र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । मधेश मानव अधिकार अमेरिकाको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न क्षेत्रका बुद्धिजिवि तथा समाजसेवीहरुको उपस्थितिका साथै सायैंको संख्यामा सर्वसाधारणको सहभागिता थियो ।

थारूवान

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताए। थापागाउँस्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौं केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाउने बताए। 

थारूवान

यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए।

थारूवान

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा  छ...

थारूवान

तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ  घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने आन्दोलनअन्तर्गत गठबन्धनले तेस्रो दिन सीतापाइलाबाट निकालेको र्‍याली अपराह्न ३ बजे स्वयम्भू–चोकमा विरोधसभामा परिणत भएको हो। सभालाई संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायत नेताले सम्बोधन गरेका थिए।

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना  संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनको भनाइ छ।

थारूवान