मधेस आन्दोलनमा सरकारको ५ करोड निकासा

तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ  घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको अवधिका मृतकको परिवार र घाइतेहरुको उपचार खर्च बेहोरेर वार्ताको बाताबरण बनाएको दाबी गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सरकारले वार्ताको वाताबरणको लागि मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि ३१ लाख रुपैयाँ प्रदान गरिसकेको बताए ।

उनले भने ‘सरकारले घाइतेहरुको नि शुल्क उपचार गरेकेा छ, मुद्दा फिर्ता गर्नको लागि सूची बनाउन हामी तयार छौं, वार्ताको टेबुलमा बसेपछि छानविन समित गठन गर्न सकिन्छ ।’

– नेपाल समाचारपत्र




Leave a Reply

Your email address will not be published. Required fields are marked *