magar-sangh-768x410नेपाल मगर संघले स्वायत्त मगरात प्रदेश स्थापनाको लागि आन्दोलन जारी राख्ने भएको छ । संघको बैशाख १८ गतेदेखि २३ गतेसम्म चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनले ‘जहाँ मगर पहिचान त्यहाँ मगर स्वायत्त शासन’ भन्ने नारालाई साकार पार्न प्रत्येक मगर बाहुल्य क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका निर्णय सार्वजनिक गर्न बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नविन रोकामगरले मगरात प्राप्तिको आन्दोलनमा मगरात बासी गैरमगरहरुसँग छलफल गर्ने र हरेक जातीय संगठन तथा राजनीतिक दलमा लविङ गर्ने बताए ।

विश्व मगर संघ निर्माणकालागि पहल गर्ने, मगर सम्पदाको रक्षा गर्ने, मगर विश्वविद्यालय स्थापना गर्ने र भुपु गोर्खाका आन्दोलनमा समर्थन जनाउँदै समानुपातिक समावेशी, समानता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र लगायतका उपलब्धि संस्थागत गर्न आन्दोलन जारी राख्ने रोकामगरले बताए ।

त्यसैगरी आइएलओ १६९ कार्यान्वयनकालागि दवाव दिने, लखन थापाको स्मृतिमा फागुन २ गते शहीद दिवस मनाउन सार्वजनिक विदाकालागि दबाब दिनेलगायतका विषयहरु पनि १५ बुँदे घोषणापत्रमा समेटिएका छन् ।

कार्यक्रममा चितवन महाधिवेशनबाट नविन रोका मगरको अध्यक्षतामा ५० सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको जानकारी दिइएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *