अान्दाेलनकारीले आज प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो ।

आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । भोलिदेखि आन्दोलनकारीले सिंहदरवारको धर्ना भने रोकेका छन् ।

गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष दिन प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न लागिएको गठबन्धनले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *