Bijay Gachhdarमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले अब तीन महिनाभित्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन्।
‘राष्ट्रिय सहमतिको सरकारलेमात्र देशमा उत्पन्न समस्याको निकास दिन सक्छ,’ शनिबार सुनसरीको इनरुवामा पार्टीको सम्मान कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष गच्छदारले भने, ‘एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सक्रिय पहल गरिरहेको छु। सम्भव हुन्छ भन्नेमा छु ।’

गच्छदारले सरकार ढाल्ने र निर्माण गर्ने जस्ता खेलले कहिल्यै देशको भलो नहुने भएकाले राष्ट्रिय सहमतीय सरकारको मात्र नेतृत्व गर्न दाहाललाई त्यही अनुसार सुझाव दिएका बताए।

‘ठूला राजनीतिक दलहरुकै कारणले मुलुकको हित हुन सकेको छैन,’ उनले भने । नेता गच्छदारले अव आफुले नै देश अघि बढाउने गरी राजनीतिक दल निर्माण गरेको बताउँदै आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाएर छाड्ने दावी गरे । विराटनगरमा भर्खरै सकिएको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *