CA Meetingव्यवस्थापिका संसदको शुक्राबारको बैठक मधेसी मोर्चा आबद्ध दललले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्।

बैठकमा बोल्दै राईले मधेसी मोर्चाको मागप्रति सरकार उदासिन भएको आरोप लगाए। उनले आफूहरु वार्ता र संवादमाफर्त नै समस्या समाधान गर्ने पक्षमा रहेपनि सरकारले वास्ता नगरेको गुनासो गरे।

मोर्चाको बहिष्कारकाबीच संसद बैठकमा बजेटको मार्गनिर्देशक सिद्धान्तका विषयमा छलफल जारी छ। अहिले प्रि-बजेटमाथि सांसदहरूले अाफ्नाे धारणा राखिरहेका छन्। मधेसी मोर्चाको घोषित नीति अनुसार नै मोर्चा आबद्ध दलले संसद बहिष्कार गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *