TJA 06पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताएका छन्। थारु पत्रकार सङ्घ नेपालको पाँचाैँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताए। उनले भने, ‘विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौं।’

नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भन्दै उनले आन्दोलनरत समूहलाई छलफलमा आउन आग्रह गरे।
उनले याे संविधान थारू मधेसी सबैले मिलेर बनाएकाे बताए। ‘याे संविधान थारू मधेसी अादिवासी जनजाति दलित र खसहरू सबै मिलेर बनाएका हुन्। त्यही भएर याे संविधान उत्कृष्ट छ।’ उनले अाफ्नै कतिपय कुरा पनि संविधान नलेखिएकाे बताउँदै उनले संविधान राम्राे भएकाे तथ्यांक प्रस्तुतसमेत गर्न सकिने बताए।

लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैं संविधान बनाएको भन्दै उनले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्नेमा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *