भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित

नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन्। बर्दियाको गुलरियामा बिहीवार शुरु भइ शुक्रवार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। एमाले अध्यक्ष केपी ओलीले बिहीवार अधिवेशन उद्घाटन गरेका थिए।

अध्यक्ष निर्वाचित भएलगत्तै चौधरीले भूमिहीन सुकुम्बासी र गरिब जनताको हक अधिकारका लागि अनब्रत लडी रहने प्रतिबद्धता जनाएकी छन् । प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलकी सचेतक समेत रहेकी चौधरी सुकुम्बासी पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्। एमालेका अन्य भातृ संगठनमा नेतृत्व चयनमा बिवाद भएपछि शान्ता भने सर्वसम्मत अध्यक्ष भएकी हुन्।

२०६४ सालको संविधान सभाको समयमा प्राकृतिक स्रोत साधन समितिको सभापति रहेकी चौधरीले भूमिहीनका पक्षमा केही नीतिगत निर्णय गराएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *