बुबाको स्मृति दिवसमा गोपाल दहितले बाँडे विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

जोतपुर बरघर समितिले विपन्न तथा जेहेन्दार तीन जना विद्यार्थीलाई स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति वितरण गरेको छ। सो छात्रवृत्ति हरेक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गोपाल दहितले हस्तान्तरण गरेका थिए।

स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति, स्व. खुमलाल दहितका छोराहरू डा. गोपाल दहित, शेरसिंह दहित र गजेन्द्र दहितले स्थापना गरेका हुन्। बुबाको देहान्तपछि श्रद्धाञ्जली सभामा दहितका तीनै छोराहरूले जोतपुरका विद्यार्थीहरूलाई आफ्नो बुबाको सम्झनामा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए। प्रधानपञ्च भइसकेका खुमलाल दहितको जन्म १९८३ मंसिर २० गते भएको थियो भने देहान्त २०७९ पुस १ गते भएको थियो।

कार्यक्रममा बोल्दै छात्रवृत्तिका संस्थापक डा. गोपाल दहितले तीन जना भाइहरूले मिलेर एक-एक लाख गरेर ३ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गरेको बताए। साथै, ब्याजअनुसार हरेक वर्ष विद्यार्थीहरूको संख्या बढाउँदै जाने पनि बताए। डा. दहितले आफ्नो बुबा शिक्षाप्रेमी भएकाले उनको सम्झनामा आफ्नो गाउँका विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा सहयोग पुग्ने हेतुले यो छात्रवृत्तिको स्थापना गरेको जनाए।

त्यस्तै सोही कार्यक्रममा वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट ३ मा आउन सफल भएका ११ जना विद्यार्थीहरूलाई स्टेशनरी सहयोगका साथै प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रमका अतिथि सोम डेमनडौराले जोतपुरमा जन्मेका जुनसुकै विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुको शिक्षाप्रति उत्साह, हौशला बढाउन सम्मान र सहयोग गरिएको बताए।

कार्यक्रम हरेक वर्ष गरिनेसमेत बताए। सो सम्मान र स्टेशनरी सहयोगका लागि शिक्षाप्रेमी रामस्वरुप थारु, समाजसेवी सोम डेमनडौरा, कृष्ण थारु बर्कु र अमित दहितले सहयोग जुटाएका थिए। पुरुष्कार र प्रशंसा पत्र सो कार्यक्रमका प्रमुख अतिथि डा. गोपाल दहित र विशिष्ट अतिथि युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले हस्तान्तरण गरेका थिए। जोतपुर बरघर समितिका बरघर जोगीलाल थारुको सभाध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा नं. ५ का सचिब अमित दहितले गरेका थिए।

स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु
१. मुकेश थारुः कक्षा ८, श्री किसान माध्यमिक विद्यालय, बदालपुर
२. कुशल थारुः कक्षा ८, श्री ने.रा.मा.वि. नयाँगाउँ
३. सामना थारुः कक्षा ५, श्री किसान माध्यमिक विद्यालय, बदालपुर

उत्कृष्ट सम्मान र स्टेशनरी प्राप्त गर्ने विद्यार्थीहरु
१. अंकेश थारु, कक्षा ८ मा पालिका स्तरीय प्रथम र कक्षा प्रथम (३.८८ जि.पि.ए.), श्री किसान माध्यमिक विद्यालय, बदालपुर
२. केशवराज न्यौपाने, कक्षा प्रथम, ३.४६ जि.पि.ए., कक्षा ८, ने.रा.मा.वि
३. मुकेश थारु, कक्षा प्रथम, (३.९७ जि.पि.ए.) कक्षा ७ श्री किसान माध्यमिक विद्यालय, बदालपुर
४. समर थारु, कक्षा प्रथम, ३.८९ जि.पि.ए. कक्षा ६, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
५. कृतिका दहित, कक्षा प्रथम, ३.८९ जि.पि.ए. कक्षा ५, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
६. आरोशी दहित, कक्षा द्धितीय, कक्षा ५, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
७. शुलोक थारु, कक्षा तृतीय, ३.८४ जि.पि.ए., कक्षा ४ सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
८. अमन थारुः कक्षा तृतीय, (२.५३ जि.पि.ए.), श्री किसान माध्यमिक विद्यालय, बदालपुर
९. अभय दहित, कक्षा २ मा कक्षा प्रथम, ३.८४ जि.पि.ए., रिनेसाँ बोर्डिङ्ग स्कुल
१०. एलिजा थारु, कक्षा द्धितीय, ३.९४ जि.पि.ए., कक्षा १, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
११. जिज्ञासा थारु, कक्षा द्धितीय, ३.८८ जि.पि.ए., कक्षा १, रिनेसाँ बोर्डिङ्ग स्कुल




Leave a Reply

Your email address will not be published. Required fields are marked *