प्रभु शाहको पार्टीले बनायो थारू मोर्चा

प्रभु शाह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ। केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भुषण शाहले बताए। आम जनता पार्टीले आम थारु मोर्चासमेत गठन गरेको छ। जसको इन्चार्जमा पलट चौधरी र संयोजकमा सरोज चौधरी तोकिएका छन्।

बैठकले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णयसहित संघर्ष र आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको बताए।

उनका अनुसार वैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त वनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने र राज्यमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउने निर्णय भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *