थाकस कतार च्याप्टरले भव्यरूपमा मनायो जितिया पर्व (फोटो फिचर)

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो।

जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया आयोजना गरिएको अध्यक्ष श्यामलाल चौधरीले बताए।

थाकस कतार च्याप्टरका महिला विभाग प्रमुख पार्वती चौधरीको सभापतित्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्षडि.एन. मगरको प्रमुख आतिथ्यमा जितिया पर्व मनाइएको हो। जितिया कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष केशव कार्की, वैचारिक संस्थाहरूका अध्यक्ष तथा प्रतीनिधिहरू, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरू, नेपाल आदिवासी जनजाति महासघं कतारसँग आबद्ध मातृसंस्थाका अध्यक्ष तथा प्रतीनिधिहरू, समाजसेवी तथा बुद्धिजीवीहरू, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका पदाधिकारी तथा सल्लाहकारहरू, मातृसंस्थाका महिलाविबिभाग प्रमुख/संयोजकहरू, प्रदेश तथा जिल्ल्ला संस्थाका अध्यक्ष तथा प्रतीनिधि, कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कलाकार, पत्रकार, ब्यवसायीलगायत थारू तथा गैरथारूलाई ऐतिहासिक जितिया पर्वमा सहभागी भएको अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन्।

त्यस्तै कार्यक्रमलाई भब्य र सभ्यरूपमा सम्पन्न गर्न अहोरात्र खट्ने कतार च्याप्टरका पदाधिकारी तथा सदस्य, सल्लाहकार, कार्यक्रम संयोजक, सहसंयोजक, सांस्कृतिक संयोजक तथा कलाकर, स्वयंसेवक, आर्थिक तथा खानपिन ब्यवस्थापक विभागका संयोजक, सहसंयोजकलयायतलाई पनि अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन्।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस कतारले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *