थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम गर्दै

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाउन लागेको हो। दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया आयोजना गरिएको अध्यक्ष भगतले बताए।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस युएईले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ। थाकस युएईले नेपालबाट थारू कलाकार सामाजिक अभियन्ताहरूलाई बोलाएर सम्मानसमेत गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *