थाकस कतार च्याप्टरले भोलि दोहामा जितिया मनाउँदै

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले भोलि शुक्रबार दोहामा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। च्याप्टरका अध्यक्ष श्यामलाल चौधरीले दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाउन लागेको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया आयोजना गरिएको अध्यक्ष चौधरीले बताए।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस कतारले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *