अस्पतालमा बेखर्ची भएपछि आर्थिक सहयोगका लागि अपिल

श्रीमान् उपचार गर्न काठमाडौंको वीर हस्पिटल पुगेकी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएकी छिन् । एक महिनाअघि उनका ३६ वर्षीय श्रीमान् महेन्द्र चौधरी उच्च रक्तचापका कारण बेहोस भई ढलेका थिए ।

भरतपुरको पुरानो मेडिकल कलेजबाट सिफारिस भई काठमाडौंको वीर हस्पिटलमा पुगेकी सावित्री चौधरी आर्थिक अभावका कारण निकै समस्यामा परेकी छिन् । अस्पतालमा श्रीमान्को स्वास्थ्य अवस्था सुधार हुँदै गएको भए पनि थप औषधी उपचारका लागि आफूसँग एकपैसा पनि नभएकोले आर्थिक सहयोगका लागि अनुरोध गरेकी छिन् ।

सरसापटी गरेरै तीन लाखभन्दा बढी खर्च भईसकेको छ । कसैले सहयोग गरिदिए श्रीमान् बाँच्ने उनले काठमाडौंको भोटाहिटीस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेकी छिन् । खाता नं. १३६०१०००३४४०५०१० रहेको छ । सहयोग गर्न चाहनेले त्यस खातामा ऐच्छिक सहयोग गर्न हार्दिक अपिल गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *