भ्रष्ट नेतालाई समर्थन र साना दलमाथि ओलीको आधिपत्य

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनका मुख्य नाइके नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको नेताहरूले बताएका छन्। च्यासलमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नेताहरूले ओलीलाई पार्टी फुटाउने नाइकेकै रूपमा चित्रण गरेका छन्।

पार्टी नेतृत्व कमजोर बनेपछि पार्टी फुटाउने र विभिन्न चलखेल गर्न ओली माहिर बनेको उनीहरूको आरोप छ। मधेसी दलहरू यसैगरी कमजोर बन्दै जाने हो भने ओलीले सबै दललाई नै समाप्त पार्ने सहभागी नेताहरूले बताए।

त्यसै पनि केपी ओली मधेसमा बदनाम छन्। मधेस आन्दोलनका बेला एमाले अध्यक्ष ओलीले मधेसी जनताको अपमान हुने खालका अभिव्यक्तिहरू दिएका थिए। प्रहरी दमनका कारण प्रदर्शनकारीको ज्यान गइरहेका बेला ओलीले ‘एउटा रुखबाट दुईचारवटा आँप झर्दैमा बर्बादै भयो भनेर आत्तिनुपर्दैन’ भनी अभिव्यक्ति दिएका थिए। यस्तै अभिव्यक्तिका कारण उनी हालसम्म मधेसमा बदनाम छन्।

पछिल्लो समय मधेसमा मधेसी दल स्थापित बन्दै आएका छन्। २०७४ को निर्वाचनपछि मधेस प्रदेशको नेतृत्व पनि मधेसी दलले नै गर्दै आएका छन्। जसका कारण ओली संशकित बनेको उनी निकट नेताहरूले भन्ने गरेका छन्। मधेसमा पनि आफूअनुकुल सत्ता निर्माण गर्न ओलीले जसपा नेपाल विभाजन गराएको चर्चा सुन्न पाइन्छ। जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको मधेस सरकारलाई अल्पमतमा पारेर एमाले नेतृत्वको सरकार बनाउने चलखेल मधेसमा भइरहेको छ।

मधेसमा मात्र होइन, ओली संघमै रहेका साना दलमाथि पनि गिद्दे नजर गाडेका छन्। उनले साना दलहरूलाई विभाजित गरेर शक्ति आर्जन गर्ने दाउँमा छन्। नागरिक उन्मुक्ति पार्टीलाई विभाजनको संघारमा ल्याएर रवि लामिछाने जस्ता भ्रष्ट नेताहरूलाई समर्थन गर्ने उनको चरित्र आधिपत्यवादी रहेको विश्लेषकहरू बताउँछन्। संसदमा रहेका साना दलहरूलाई सत्ताको मोह दिएर, मालद्वार मन्त्रालय दिने लालच देखाएर सिध्याउने रणनीति ओलीको रहेको छ। उसले अर्को चुनावमा बहुमत नै ल्याउनेगरी मिसन ८४ को प्रचार पनि गरिरहेका छन्।

त्यतिमात्र होइन, ओलीको अहंकारकै कारण सुदूरपश्चिम प्रदेश सरकार पनि पेन्डुलम अवस्थामा छ। माधव नेपालसँग बदला लिनकै लागि ‌ओलीले सुदूरपश्चिमलाई पेन्डुलम बनाएको विश्लेषकहरूको भनाइ छ। त्यसै पनि ओली र माधव नेपालबीच अहिले वाकयुद्धको स्थिति रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *