श्रीनिवास चौधरी र अन्नु चौधरीको नयाँ गीत सार्वजनिक

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतमा नरेशसँगै मधु चौधरीले अभिनय गरेकी छन्।

श्याम चौधरी र किरण चौधरीको सं‌युक्त शब्द रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई भने विक्रम चौहानले निर्देशन गरेका छन् भने दीपक गिरीले छायाँकन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

पछिल्लो समय थारु सांगीतिक क्षेत्रमा सेबिल इन्टरटेन्मेन्टले आफ्नो पकड बनाइरहेको छ। यसले नयाँ नयाँ कलाकारलाई भित्र्याउने प्रयास समेत गरिरहेको छ।

पूरा भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *