भगवती चौधरी पनि बनिन् सुनसरी जिल्लाको इन्चार्ज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै सुनसरी जिल्ला इन्चार्जमा भगवती चौधरीलाई थप गरेका छन्। जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएपछि १० वैशाखको बैठकमा असन्तुष्टि जनाउँदै चौधरी बाहिरिएकी थिइन्।

तर, अपानिमार्फत् कुशवाह र चौधरी दुवै जना इन्चार्ज भएको जानकारी दिइएको छ। ‘जिल्लामा एउटै इन्चार्ज हुन्छ। तर हामी सुनसरीमा दुई जना इन्चार्ज भयौं। यो अलिक भएन कि?’, चौधरीले भनिन्। पार्टीभित्र अन्तरसंघर्ष गरेपछि इन्चार्जको भूमिका पाएको पनि उनले बताइन्। नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउँदै ओली आफू निकट नेताहरुलाई जिल्ला सहइन्चार्ज र इन्चार्जको जिम्मेवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *